बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
सिरहा– बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
स्थानीय रमेशकुमार यादवको करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई वैशाख १४ मा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार दुवै आमाछोरीविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा सिरहा जिल्ला अदालतबाट वैशाख १५ गतेदेखि लागू हुने गरी पहिलो पटक सात दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार वैशाख १२ गते बिहानदेखि हराएकी नाबालिका खोजी गर्दासमेत फेला नपरेपछि प्रहरीमा उजुरी परेको थियो। त्यसपछि प्रहरीसहित स्थानीय गाउँलेले खोजतलास गर्ने क्रममा तीन दिनपछि वैशाख १४ गते राति करिब साढे ११ बजेतिर छिमेकी धनिकलाल यादवको घरको छतमा जाने मुसुरोको झ्याम्टाभित्र नाबालिगको शव कालो बोरामा लुकाएको अवस्थामा भेटिएको थियो।
पछिल्लो एक वर्षदेखि पारिवारिक झै–झगडाको रिसइवी साँध्न धनिकलाल यादवको घरआँगनमा खेल्दै पुगेकी नाबालिकालाई पसलबाट किनेर ल्याएको बिस्कुट खुवाएर फकाउँदै घरभित्र पुर्याएर आमाछोरीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाको तीन दिनमा नाबालिका हत्या आरोपमा आमाछोरी पक्राउ परेपछि धनिकलाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ। यसै घटनाको अघिल्लो दिन सखुवानन्कारकट्टी गाउँपालिका–५ की करिब ३४ वर्षीया सरिताकुमारी साहविरुद्ध प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
