अख्तियारले गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ– स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भट्टराईको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि आयोगले अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा भट्टराईको माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट जारी भएको हाइस्कुल तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको आयोगले जनाएको छ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई उनी तह-तह हुँदै सिनियर अहेव (छैटौँ अधिकृत)सम्म बढुवासमेत भएका थिए। उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकाले भट्टराईविरुद्ध सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिबाना मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
