राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ५३ जिल्लाका ४३६ स्थानका वनमा डढेलो लागिरहेको छ।
काठमाडौँ– देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ५३ जिल्लाका ४३६ स्थानका वनमा डढेलो लागिरहेको छ।
प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए। “बिहीबार पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ। नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उनले भने, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ।”
उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन्। नेपालमा साधरणतया वर्षमा दुई हजार ५०० को हाराहारीमा डढेलाको घटना हुन्छन्।
“८० प्रतिशत वन डढेलाको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन्। चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छन्। यसकारण अहिले हामी उच्च जोखिमको समयमा छौँ,” शर्माले भने। मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटना हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए। प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
