अख्तियारले घर निर्माण सम्पन्न भएको प्रमाणपत्रका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
इन्जिनियर बराल, सब–इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका कर्मचारी सुरज कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको हो।
आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चैत २८ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा इन्जिनियर बराल वैशाख ४ गते पक्राउ परेका हुन्।
इन्जिनियर बराल, सब–इन्जिनियर रोकाया र कन्सल्टेन्सी सेवाका कुँवरसमेतको मिलेमतोमा घर निर्माण सम्पन्नता प्रमाणपत्र दिनका लागि सेवाग्राहीसँग तीन लाख ५० हजार रुपैयाँ माग गरेको अनुसन्धानमा पाइएको आयोगको दाबी छ।
दुई लाख कुँवरमार्फत लिई रोकायालाई दिएको खुलेको आयोगले जनाएको छ। रोकायाबाट लिएर उक्त रकम इन्जिनियर बरालले आफ्नै नाममा रहेको बैंक खातामा जम्मा गरेका थिए। घुसको बाँकी रकम रोकाया समेतको निर्देशानुसार एक लाख ५० हजार रुपैयाँ कुँवरले सेवाग्राहीबाट बुझी लिइसकेको अवस्थामा उक्त रकमसहित आयोगले पक्राउ गरेको थियो।
तीनै जनविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा सजाय र तीन लाख ५० हजार रुपैयाँ बिगो मागदाबी आयोगले लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
