नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
काठमाडौँ– नेपालमा कोरोना (कोभिड–१९) महामारीपछि विदेशी पर्यटकको आगमन दरमा सुधार देखिएको छ। नेपाल आउने विदेशी पर्यटकको संख्या बिस्तारै पुरानै लयमा फर्किन थालेको हो।
सन् २०२४ अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्ष अप्रिलमा ९८ हजार ७७३ थियो। नेपालले आधार वर्ष मान्ने गरेको सन् २०१९ मा १ लाख ९ हजार पर्यटक आएका थिए।
संख्यात्मक हिसाबले गत वर्षको अप्रिलभन्दा यो वर्ष १२.७५ प्रतिशतले विदेशी पर्यटक आगमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
सन् २०२४ मार्चमा एक लाख २८ हजार भित्रिएका थिए। जुन अहिलेसम्म मार्चमा आएको सबैभन्दा ठूलो संख्या हो।
अप्रिलमा सबैभन्दा धेरै भारतबाट र त्यसपछि क्रमशः अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बांग्लादेश, फ्रान्स, जर्मनी, रसिया र मलेसिया लगायतका देशबाट पर्यटक नेपाल आएका छन्।
अप्रिलमा छिमेकी देश भारतबाट ३० हजार १५८ पर्यटक नेपाल आएका छन्। दोस्रो स्थानमा अमेरिका छ। अमेरिकाबाट ९ हजार ९४७ जना पर्यटक आएका छन्। गत महिना अमेरिका तेस्रो स्थान थियो। गत महिना दोस्रो स्थानमा रहेको चीन यो पटक तेस्रो स्थानमा छ। चीनबाट ९ हजार ७५० जनाले नेपाल भ्रमण गरेका छन्।
चौथो स्थानमा रहेको बेलायतबाट ५ हजार ३९१ पर्यटक आएका छन् पाँचौँ स्थानमा रहेको अस्ट्रेलिया ४ हजार ११० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यस्तै बांग्लादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७०, रसियाबाट २ हजार ९७७ र दसौँ नम्बरमा रहेको मलेसियाबाट २ हजार ३ सय १० जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए।
पर्यटन बोर्डका अनुसार क्षेत्रगत विभाजनका आधारमा सार्क क्षेत्रबाट ३२ प्रतिशत, सार्कबाहेक एशियाका अन्य क्षेत्रबाट १८ प्रतिशत, युरोपबाट २२ प्रतिशत, ओशियना क्षेत्रबाट ४.२ प्रतिशत, अमेरिकाबाट १०.४ प्रतिशत, मध्यपूर्वबाट १०.३ प्रतिशत र अन्य क्षेत्रबाट १०.३ प्रतिशत पर्यटक नेपाल आएका छन्।
सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेर २०२३ मा १० लाख पुर्याउने लक्ष्य लिएको थियो। सन् २०२३ मा १० लाख एक हजार ८४४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। निर्देशक लामिछानेका अनुसार बिस्तारै पर्यटक आगमन लयमा फर्किन थालेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
