‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्छ।
काठमाडौँ– विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै शुक्रबार नेपालसहित विश्वभर मनाइँदै छ। दिवसको नारा ‘विश्वका लागि प्रेस: वातावरणीय संकटको सामनामा पत्रकारिता’ रहेको छ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)को आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको थियो। सोही सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्र संघले यो दिवस मनाउने निर्णय गरेको हो।
सबै प्रकारका सूचनामा जनताको पहुँच हुनुपर्छ र सरकारले पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो।
दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ।
दिवसको अवसर पारेर शुक्रबारदेखि काठमाडौँमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन हुँदै छ। बिहान शान्तिवाटिकादेखि प्रदर्शनीमार्गसम्म पत्रकारहरूले बृहत् र्याली निकाल्दै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
