कावासोती–१७ का मीनबहादुर महतोले तीन बिघा जग्गा भाडामा लिएर खरबुजाखेती गर्दै आएका छन्। खरबुजालाई बजारको समस्या छैन। बारीबाट नै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको छ।
त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खेतमा खरबुजा लगाएर आम्दानी गर्न थालेका छन्। करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका उनले यस वर्षदेखि खरबुजा लगाएका हुन्। “पहिला तरकारी लगाएको थिएँ। बजार नपाएपछि खरबुजा लगाउन थालेको हुँ। आम्दानी राम्रो हुन थालेको छ,” उनले भने।
वरपर कतै चैतेधान कतै मकै लगाइएको छ। हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेका थिए। सरस्वती जातको खरबुजा लगाएका उनले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारी बिक्री गरिसकेको बताए। चैत पहिलो हप्तादेखि उत्पादन शुरू भएकामा जेठसम्म खरबुजा फल्ने उनले सुनाए। यस वर्ष ६ लाख रुपैयाँ आम्दानी गर्ने सोच बनाएका थिए। उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उनी बताउँछन्।
खरबुजा बिक्रीका लागि बजारको समस्या छैन। स्थानीय बजारमा नै खपत हुँदै आएको छ। आफूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाट पनि दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको महतोले सुनाए। भने, “यसलाई खासै औषधि हाल्नुपरेन, प्रांगारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै छन्।” खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्नुनपरेको उनको अनुभव छ।
महतोले रोजगारीको सिलसिलामा सिंगापुर र साउदी अरबमा सात वर्ष बिताए। अहिले भने आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिएका छन्। “रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने छैन। कृषि कर्मबाट पनि कमाउन सकिन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
