पानी नपरेपछि बाराका किसानले पाएनन् चैतेधान रोप्न

बाराको दक्षिणी क्षेत्रका किसानले खडेरीका कारण रोपाइँ गर्न सकेका छैनन्। जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै चैतेधान रोपाइँ भएको छ। 

बारा– चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा किसानले अझै रोप्न पाएका छैनन्। जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै चैतेधान रोपाइँ भएको छ। 

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रका किसान आफैँले सिँचाइको व्यवस्था गरी १६ हजार हेक्टरमा हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको धान रोपेका छन्। दक्षिणी क्षेत्रका किसानले खडेरीका कारण रोपाइँ गर्न सकेका छैनन्।

भदैया, अग्हनी धानको उत्पादकत्वभन्दा चैतेधानको उत्पादन बढी हुने भएकाले किसान चैतेधान खेतीतर्फ आकर्षित हुने गरेका छन्। गत वर्ष जिल्लामा १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती भएको थियो।

ज्ञान केन्द्रका प्रमुख साहका अनुसार किसानले प्रतिहेक्टर पाँच मेट्रिक टन धैतेधान उत्पादन गरेका थिए।