राष्ट्र संघद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीमा सामना गर्ने बाधा तथा चुनौतीलगायत मुद्दालाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाको सशक्तीकरणमा प्रयासरत रहने उल्लेख छ।

संयुक्त राष्ट्र संघको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ।

प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीमा सामना गर्ने बाधा तथा चुनौतीलगायत मुद्दालाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ। 

राष्ट्र संघले प्रभावकारी नीति र कार्यबारे चेतना जगाई नीतिगत ध्यान केन्द्रित गर्ने उद्देश्यका गतिविधिमार्फत अन्तर्राष्ट्रिय वर्षको विश्वव्यापी अवलोकनलाई आमन्त्रित पनि गरेको छ।

साथै, महासभाले खाद्य र कृषि संगठनसमेत रोममा रहेका अन्य संयुक्त राष्ट्रसंघीय निकायसँग मिलेर प्रस्तावको कार्यान्वयनलाई सहजीकरण गर्न तथा अन्तर्राष्ट्रिय वर्ष प्रभावकारी रूपमा मनाउन निर्देशन दिएको छ।