वेल्सको पोन्टाडावेकी ७६ वर्षीया मर्लिन बिर्चले वर्षौंपछि उक्त औँठी भेटाउँदा ‘भावनात्मक पुनर्मिलन’ भएको बताएकी छन्।
हराएको ५४ वर्षपछि एउटी महिलाले आफ्नो इंगेजमेन्टको औँठी भेटाएकी छन्। युरोपेली देश वेल्सको पोन्टाडावेकी मर्लिन बिर्चले वर्षौंपछि उक्त औँठी भेटाउँदा ‘भावनात्मक पुनर्मिलन’ भएको बताएकी छन्।
७६ वर्षीया मर्लिनले सन् १९७० मा आफ्नो फार्ममा गाईवस्तुलाई घाँस खुवाउँदा औँठी गुमाएकी थिइन्। जुन औँठी उनका पति पिटरले सन् १९६६ मा १८ पाउन्डमा किनेका थिए। त्यतिबेला औँठी अलि खुकुलो भएकाले मर्लिनले केही वर्ष लगाइनन्। विशेष समारोह तथा कतै जाँदा मात्र लगाउँथिन्। एक दिन सपिङ गर्न औँठी लगाएर गएकी थिइन्। त्यहाँबाट घर आएपछि वस्तुभाउलाई घाँस हालिन्। त्यही बेला औँठी कतै खसेछ। त्यसपछि उनले धेरै खोज्ने प्रयास गरिन्, तर भेटिएन।
"म जहिले त्यहाँ जान्थेँ, कतै फेला पो पर्छ कि भनेर नजर लगाइहाल्थेँ, तर कतै भेटिएन," स्काइ न्युजसँग उनले भनिन्, "त्यसपछि हामीले अब त्यो औँठी भेटिँदैन भनेरे हार मानिसकेका थियौँ।"
उनले त्यसलाई खोज्न केही हप्ता पहिले मेसिन ‘डिटेक्टर’को सहायता लिइन्। डिटेक्टरिस्ट किथ फिलिप्सले उनको पुरै फार्ममा मेसिन लगाएर हेर्दा पनि औँठी भेटिएको थिएन। फार्ममा मेसिन चलाउँदा किथले विभिन्न सिक्का तथा धातुका ससाना टुक्रा भेटाउँथे। ती टुक्रा मर्लिनलाई देखाउँथे। मर्लिन भने ‘सक्ने भए मेरो औँठी भेटाइदेऊ, यी धातुका टुक्राको मलाई के काम’ भन्दै मजाक गर्थिन्। एक हप्ता जति खोजेपछि अन्ततः किथले औँठी फेला पारे।

बारीमा ८ इन्च तल गाडिएको अवस्थामा औँठी फेला परेको थियो। मर्लिनले ब्रसले औँठीको माटो सफा गरिन्। त्यसपछि केहीबेर उनी निकै भावुक बनिन्। "म वास्तवमा निःशब्द थिएँ," उनी भन्छिन्, "त्यसपछि औँठी मेरो औँलाबाट निस्केकै छैन।"
उनले किथलाई पनि औँठी भेटाइदिएकोमा धन्यवाद दिइन्। मर्लिनसँगै किथ पनि भावुक बनेका थिए।
औँठी भेटिएको खबर सुन्दा मर्लिनका पति पिटर पनि निकै भावुक बने। "त्यो क्षण अद्भुत थियो, अहिले त औँठी पनि यीनको औँलामा फिट बसेको छ, अब हराउँदैन होला" उनले खुसी हुँदै भने।
पिटर गत जनवरीमा ८० वर्ष पुगे। त्यस अवसरमा विभिन्न कारणले कुनै उत्सव गर्न नपाइएको र औँठी भेटिएसँगै भव्य तरिकाले उत्सव मनाउने मर्लिनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
