सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ।
काठमाडौँ– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ।
मुख्यमन्त्री सोडारीले विश्वासको मतसम्बन्धी प्रस्ताव वैशाख १८ गते प्रदेशसभामा दर्ता गराएका थिए। त्यसपछि सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि भन्दै शुक्रबार अपराह्न ५ बजेका लागि प्रदेशसभाको बैठक डाकेका थिए।
तर शुक्रबारको सुदूरपश्चिम प्रदेशसभाको बैठक कारणवश स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार सभामुख भण्डारीले अर्को बैठक शनिबार बेलुका साढे ५ बजेका लागि निर्धारण गरेका छन्।
शुक्रबार बिहानका लागि डाकिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता साझेदार दल नेकपा एमाले अनुपस्थित भएको थियो। एमाले अनुपस्थित भएपछि कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको थियो।
एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा उनलाई एकीकृत समाजवादीसहित माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति (रञ्जिता चौधरी पक्ष)का सांसदले समर्थन गरेका छन्।
सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
