डेनमार्कको स्वास्थ्य मन्त्रालयले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट विस्तार गरेर १८ हप्ता पुर्याउने योजनाअनुरूप विधेयक अगाडि बढाएको छ।
डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले शुक्रबार बताएको छ। धेरै मुलुकले गर्भपतनसम्मको पहुँचलाई प्रतिबन्ध लगाउन खोजिरहेका बेला डेनमार्कमा यस्तो कदम चालिएको हो।
स्वास्थ्यमन्त्री सोफी लोहडेले भनिन्, “५० वर्षपछि गर्भपतनलाई नियन्त्रित गर्ने नियमहरू परिवर्तन गर्ने र महिलाको निर्णय गर्ने अधिकारलाई बलियो बनाउने समय आएको छ।”
डेनिस मेडिकल एसोसिएसनका प्रमुख क्यामिला रथकेले समाचार एजेन्सी रिट्जाउलाई भनिन्, “अब महिलाहरूसँग के गर्ने भन्नेबारे सोच्ने समय र अधिकार हुनेछ।”
यसका अतिरिक्त १५ देखि १७ वर्ष उमेरका किशोरहरूलाई आफ्ना आमाबुबाको सहमतिबिना गर्भपतन गर्न अनुमति दिइने छ।
विश्वका केही भागमा गर्भपतनको अधिकारलाई प्रतिबन्धित गरिए पनि गत वर्ष डेनिस नैतिकता समितिले गर्भपतनको समय सीमालाई १२ हप्ताबाट १८ हप्तासम्म बढाउन सिफारिस गरेको थियो। यसलाई छिमेकी स्विडेनको अनुरूप ल्याइएको थियो।
“१८ साताको सीमाले अहिले पनि २२ साता वरपर भ्रूणको व्यवहार्यताका लागि धेरै मार्जिन छोड्छ”, समितिले उक्त समयमा भनेको थियो। वामपन्थी–दक्षिणपन्थी सरकारले सन् २०२४/२०२५ को संसद् अधिवेशनमा विधेयक प्रस्तुत गर्नेछ।
विधेयकलाई वामपन्थीका सबै विपक्षी दलको समर्थन छ र यसलाई ठूलो बहुमतका साथ ग्रहण गरिने अपेक्षा गरिएको छ। विधेयक स्वीकृत भयो भने नयाँ कानून सन् २०२५ जुन १ मा लागू हुने अपेक्षा गरिएको छ। पश्चिम युरोपमा गर्भपतनलाई अनुमति दिने पछिल्ला मुलुकहरूमा बेलायत र नेदरल्यान्ड्समा २४ साता र आइसल्यान्डमा २२ साता रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
