शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार राति आगलागी भएको छ। आगलागीबाट ठगुन्नाको घरगोठ नै नष्ट भएको छ।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार राति आगलागी हुँदा २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। आगलागीबाट ठगुन्नाको घरगोठ नष्ट भएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार तीनवटा बाख्रा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ।
घरसँगै अन्न, लुगाकपडा, गहना, महत्त्वपूर्ण कागजपत्र र पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए।
स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि प्रयास गरे पनि जोगाउन भने सकेनन्।
आगलागीपीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
