बागलुङमा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुन्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेक बढी सुन्तला उत्पादन हुने गाउँ हुन्।
ढोरपाटन– बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ। हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ। कम जनशक्तिमा बढी फाइदा लिन सकिने भएकाले कृषक सुन्तलाखेतीप्रति आकर्षित भएको केन्द्रका सूचना अधिकारी कुमार पुनले बताए।
कृषि ज्ञान केन्द्रका अनुसार २०७६ सालमा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको थियो। यस वर्ष ६१८ हेक्टर पुगेको छ।
बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहज रूपमा पाउने भएकाले खेती बिस्तार हुँदै गएको पुनको भनाइ छ। जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुन्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने गरेको छ।
तर भौगोलिक बनावट र हावापानीअनुसार १० वटै पालिकामा धेरै वा थोरै सुन्तला उत्पादन हुने गरेको सूचना अधिकारी पुनले बताए। अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिकटन सुन्तला उत्पादन कम भएको छ। अघिल्लो वर्ष जिल्लामा तीन हजार ९८५ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन हजार ९४० मेट्रिकटन मात्रै उत्पादन भएको छ। यस्तै, गत वर्ष २० करोड बढीको सुन्तला बिक्री भएको थियो। यस वर्ष १८ करोड रुपैयाँको मात्रै उत्पादन भएको छ।
“बागलुङमा सुन्तला उत्पादन राम्रो हुन्छ। यहाँका धेरै किसानले मेहनत पनि गर्नुभएको छ, तर यस वर्ष बगैँचा व्यवस्थापन सही तरिकाले नहुँदा उत्पादन घटेको छ। खेती बिस्तार भने तीव्र रूपमा भइरहेको छ,” उनले भने, “केन्द्रबाट कृषकलाई प्राविधिक सहयोगसहित अनुदान र तालिम प्रदान गर्दै आएका छौँ। पहिले खाद्यबाली खेती हुने बारीमा अहिले सुन्तला लगाउन थालेका छन्।”
बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले यस वर्ष ६ लाख रुपैयाँको सुन्तला बिक्री गरेको बताए। उनका बारीमा २०० बोट सुन्तला छन्। आधाभन्दा बढीले उत्पादन दिन थालेको उनी बताउँछन्। सिगाना गाउँमा ४० हजार सुन्तलाका बोट छन्।
सुन्तला बिक्रीबाट यो वर्ष करिब साढे दुई करोड भित्रिएको खाड्काले बतए। “अन्य खेतीलाई जस्तो धेरै झन्झट गर्न नपर्ने, बेलाबेला गोडमेल र सिँचाइ गरे हुन्छ। उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ, सुन्तलाखेती गरेपछि पछुताउनु भने पर्दैन,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
