भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिन बन्द गरिने भएको छ।
जनकपुर– भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिन बन्द गरिने भएको छ।
भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा वैशाख २५ गते लोकसभा चुनाव हुन लागेकाले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा जारी सूचनामा जनाइएको छ।
त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आइतबारदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक नीरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ।
इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
