एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालकोटस्थित निवासमै भेटेर कांग्रेस नेता प्रकाशमान सिंहले संवाद गरेका छन्।आमनिर्वाचनको पूर्ण नतिजा सार्वजनिक भइनसक्दै भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।
काठमाडौँ- नेपाली कांग्रेसले आफ्नो प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेसँग संवाद शुरु गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालकोटस्थित निवासमै भेटेर कांग्रेस नेता प्रकाशमान सिंहले संवाद गरेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्ण नतिजा सार्वजनिक भइनसक्दै भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। सिंह किन गए त बालकोट? कांग्रेस सभापति देउवानिकट एक सिनियर नेताले सिंह देउवाकै सन्देश लिएर बालकोट गएको बताए।
सिंहका प्रेस संयोजक युपी लामिछानेले ओलीलाई बधाई दिन सिंह बालकोट गएको उकालोलाई बताए। एमाले अध्यक्ष ओलीनिकट एक स्थायी कमिटी सदस्यका अनुसार सिंहले ओलीसँग करिब आधा घण्टा संवाद गरे। संवादका क्रममा सिंहले ओलीलाई परिआउँदा सत्ता सहकार्य गर्नसमेत आग्रह गरेको स्थायी कमिटीका ती सदस्यले बताए। आफू देउवाको सन्देश लिएर भेट्न आएको उल्लेख गरेका सिंहको भनाइ उद्धृत गर्दै उनले भने, “परिस्थिति जस्तो पनि बन्न सक्ने देखियो। तपाईंहरूले हामीलाई साथ दिनुपर्छ भन्ने आग्रह प्रधानमन्त्रीको छ।”
निर्वाचनमा समेत गठबन्धन बनाएर सँगै गएका वर्तमान सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) र अन्य साना दलहरूले आफ्नो नेतृत्वको सरकार गठनमा धोका दिन सक्ने आकलन गरेर कांग्रेसले एमालेसँग संवाद शुरु गरेको देखिन्छ। निर्वाचनमा कांग्रेससँगको सहकार्य असफल भएको भन्दै माओवादी र नेकपा (एकीकृत समाजवादी)का नेताहरूले अभिव्यक्ति दिइरहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले त गठबन्धनमा बसेरै अर्को गठबन्धनमा सामेल हुनसक्ने संकेत गरेको कांग्रेस नेताहरुको बुझाइ छ। एमाले अध्यक्ष ओलीसँग टेलिफोन संवाद हुँदा दाहालको सचिवालयबाट बाहिर आएको सूचनालाई लिएर कांग्रेस सशंकित छ।
देउवाले सरकार गठनलाई लिएर दाहालसँग शनिबार बालुवाटारमा लामो छलफल गरेका थिए। तर, दाहालले कांग्रेसका कारण यो निर्वाचनमा आफ्नो पार्टी झनै खुम्चिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। दाहालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त नगरेपनि उनको पार्टीका एक नेता (यसपटक पराजित) ले कांग्रेस पार्टी पैसामुखी मात्र भएको आरोप लगाए। “कांग्रेसलाई पैसा भए पुग्ने रहेछ। हामीसँग पैसा भएन। त्यही भएर गठबन्धनमै भएर पनि हामीले कांग्रेसको सहयोग पाएनौँ। अब यस्तो पार्टीसँग सहकार्य गर्न मुस्किल पर्ने देखिएको छ”, उनले भने।
आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट नगएको भए आफूलाई उछिट्याउने रहेछन् भन्ने अभिव्यक्ति दिएका छन्। एकीकृत समाजवादीकै नेता झलनाथ खनालले पनि इलामबाट चुनाव हारेपछि कांग्रेसकै कारण आफू पराजित भएको आरोप लगाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
