दोदा नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु

दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको छ।

महेन्द्रनगर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए। 

उनका अनुसार सो क्रममा शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन्। घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ।