मनासलु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अर्ग्यानिक माछा फार्ममा वार्षिक २० क्विन्टल ट्राउट माछा उत्पादन हुने गरेको छ। तर त्यसले स्थानीय बजारको माग धान्न सकेको छैन।
गोरखा– गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ।
२०६७ सालदेखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एन्ड अर्ग्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उनलाई व्यवसाय थाल्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो। माछा उत्पादन हुन थालेपछि भने अगाडिको जस्तो चिन्ता गर्नुपरेको छैन।
तल्लो मनासलु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अर्ग्यानिक माछा फार्ममा एक वर्षमा कम्तीमा २० क्विन्टल ट्राउट माछा उत्पादन हुने गरेको छ। तर त्यसले स्थानीय बजारको माग धान्न नसकिएको गुरुङले बताए। “अहिले वार्षिक करिब २० क्विन्टलसम्म माछा उत्पादन गरिरहेका छौँ। त्यसले माछा फार्ममा आउनेहरूको माग मात्रै पूर्ति गर्न सकिएको छ तर बाहिरबाट माग आउँदा पनि पठाउन सकिएको छैन,” गुरुङले भने।
अर्ग्यानिक होममा आउने पाहुनाले प्रतिकिलो दुई हजार रुपैयाँमा आफैँ पोखरीबाट ट्राउट माछा झिकेर खान पाउने व्यवस्था गरिएकाले पछिल्लो समयमा यही बासबस्ने गरी आउनेको संख्या बढ्दै गएको पनि उहाँले बताउनुभयो। उहाँका अनुसार घरमा छ। लैजान चाहनेलाई प्रतिकिलो एक हजार ७०० रुपैयाँमा बिक्री गर्ने गरिएको छ।
माघमा लाग्ने तातोपानी मेलाको समयमा भने दैनिक तीन क्वीन्टलसम्म माछा बिक्री हुने गरेको छ। “सामान्यतः दैनिक सात किलोभन्दा बढी माछा बिक्री हुने गरेको छ। मेलापर्वका बेला भने फार्मको उत्पादनले नपुगेर हामी आफैँले बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था आउँछ। त्यसैले अहिलेसम्म व्यापार गरेर पछुताउनु परेको छैन,” उनले भने।
धार्चेको पानी हिमालबाट आउने चिसो पानीले यहाँको माछा स्वादिष्ट हुने स्थानीयको भनाइपछि व्यावसायिक आयआर्जन शुरू गरेका हुन्। गुरुङले व्यवसाय विकासमा केही चुनौती रहे पनि निराश हुने अवस्था भने नरहेको बताए।
“समस्या र चुनौती त सबै ठाउँमा छन् तर मेहनत गरे आफ्नै गाउँ ठाउँमा पनि उद्यम गरेर खान सकिन्छ भन्ने उदाहरण म आफैँ हुँ। अरू युवाले पनि गरे केही हुन्छ भन्ने भावनाका साथ काम गर्न सक्नुपर्छ,” गुरुङको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
