प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। जसमध्ये दुईमा कांग्रेस, दुईमा एमाले र एक ठाउँमा जसपाका उम्मेदवार अगाडि छन्।
काठमाडौँ– प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५७ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ।
पाँच वटामा मतगणना भइरहेको छ। तीनवटामा मतगणना सुरु हुनै बाँकी छ। मतगणना भैरहेकामध्ये दुई ठाउँमा कांग्रेस, दुई ठाउँमा एमाले र एक ठाउँमा जसपाका उम्मेदवारको अग्रता छ। धनुषा–४ मा एमालेका रघुवीर महासेठले अग्रता लिएका छन्। महासेठको २५ हजार १७२ र कांग्रेसका महेन्द्र यादवको २५ हजार ३१ मत छ।
सुनसरी–३ मा एमालेकी भगवती चौधरीको अग्रता कायमै छ। चौधरीले २६ हजार ४५ र कांग्रेसका विजयकुमार गच्छदारले २१ हजार ३८५ मत पाएका छन्। सुनसरीकै ४ नम्बर क्षेत्रमा पनि मतगणना जारी छ। यहाँ कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडि छन्।
उनले एमालेका जगदिशप्रसाद कुसियैतलाई ७१ मतले पछाडि पारेका छन्। यहाँ अहिले विवादका कारण मतगणना रोकिएको छ। यस्तै उदयपुर–१ मा कांग्रेसका डा. नारायण खड्काको अग्रता छ। खड्काको १६ हजार ३०१ र एमालेकी मञ्जुकुमारी चौधरीको १४ हजार ५३१ मत छ।
सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले उछिनेका छन्। राईको १६ हजार ७४९ र तामाङको १६ हजार २३० मत छ। दोलखाका १० वटा मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ। स्याङ्जा–२ र बाजुरामा गणना गर्ने वा पुनः मतदान भन्ने अन्योल छ। आयोगले निर्णय गर्न सकेको छैन।
बाजुरामा एमाले र कांग्रेस दुवैले बुथ कब्जा गरेको भन्दै एकअर्कालाई आरोप लगाएका छन्। स्याङ्जा २ मा एमालेले कांग्रेसलाई बुथ कब्जा गरेको आरोप लगाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
