ललितपुरको बाफलमा आगलागी हुँदा ३ बालबालिकासहित ५ जना घाइते

ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।

प्रतीकात्मक तस्वीर

ललितपुर– ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आइतबार बिहान बाफलस्थित मोबिल संकलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका जानकारी दिए। 

आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रूपा गिरीलगायत उनका तीन वर्षीया प्रिया गिरी, आठ वर्षीया एसिला गिरी, १५ वर्षीया मित गिरी घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। अहिले आगलागी नियन्त्रणमा आइसकेको सूचना अधिकारी सुवेदीले जानकारी दिए।