आइतबार ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको छ। आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ को विन्दुमा पुगेको हो।
आइतबार ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भयो। गत बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्दै १९९८.९६ विन्दुमा रहँदा ९४ लाख ९८ हजार २९८ कित्ता शेयर चार अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको थियो।
लघुवित्त र निर्जीवन बीमाबाहेक सबै उपसूचक घट्दा परिसूचकसँगै कारोबार घटेको हो। यस दिन सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ। १९६ कम्पनीको शेयर मूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
नेप्सेका अनुसार सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा नेपाल फाइनान्स पहिलो नम्बरमा छ। सो कम्पनीको १२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
हिमालयन डिस्टिलरीको ११ करोड ९० लाख, पोखरा फाइनान्सको ११ करोड ७० लाख, आईएमई लाइफ इन्स्योरेन्सको ११ करोड र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नौ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
शेयर मूल्य बढ्ने कम्पनीमा दोल्ती पावर, साधना लघुवित्त, समता घरेलु लघुवित्त लगायत छन्। शेयर मूल्य घट्ने कम्पनीमा पिपुल्स पावर, सिंगटी हाइड्रवोपावर, हिमालयन डिस्टिलरी, जानकी फाइनान्स, बोटलर्स तराईलगायत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
