विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणका क्रममा चितवनमा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको हो।
चितवन– जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिण्डी, बोडी, टमाटर, भन्टा, काँक्रो, घिरौँलालगायत तरकारीमा विषादीको प्रयोग हुने पाइएको हो।
कँडेलका अनुसार कतिपय तरकारी अत्यधिक विषादीको प्रयोगका कारण उपभोग गर्न नहुने अवस्थामा पाइएको छ। उनले भने “कार्बामेट र अर्गाना फस्फेटको मात्रा परीक्षणका क्रममा अत्यधिक देखिएको छ।” उनका अनुसार यी दुवै तत्त्व तरकारीमा ३५ प्रतिशतभन्दा बढी भएमा उपभोग गर्न अयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने अवस्था हुन्छ।
कृषि विकास कार्यालय मातहतमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणका क्रममा जिल्लामा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको हो।
महानगर फलफूल तथा तरकारी थोक बजार, रत्ननगर, चनौली, भण्डारालगायत क्षेत्रमा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको प्रयोग भेटिएको हो। जिल्लामा रहेका ३७४ वटा एग्रोभेटबाट विषादी बिक्री वितरण हुने गरेको उनले बताए।
तरकारी र कृषिजन्य उत्पादनका लागि ती एग्रोभेटले रोग नासक, कीरा नासन र भिटामिनको प्रयोग अत्यधिक हुने गरेको छ। उनका अनुसार विषादीको मात्रा, विषादीको प्रयोगको समय, विषादीको लेबल हेरेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ।
तीन वटा विषादीको प्रयोग एकैपटक गर्दा मानिसको स्वास्थ्यसँगै उत्पादन र जमिनमा असर गर्ने उनले बताए। विषादीको प्रयोग अत्यधिक हुन थालेसँगै जनगुनासो बढेपछि कार्यालयले नियमन तथा अनुगमन गरी व्यवसायीलाई सचेत गराउँदै आएको उनले बताए।
यो पनि : तरकारीमा अनियन्त्रित विषादीको प्रयोगले किसानलाई नै बढी असर
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
