उपेन्द्र यादव नेतृत्वको जसपा पार्टी विभाजित भएको छ। अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको छ।
काठमाडौँ– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजित भएको छ। जसपा विभाजित भई अशोक राईको नेतृत्वमा नयाँ पार्टी निर्माण हुने भएको हो।
संघीय संसद्का सात सांसदसहित २९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरू विभाजनको पक्षमा उभिएको बताइएको छ।
राईसहित सांसदहरू नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन्। जसपा सांसद प्रदीप यादवका अनुसार दल दर्ताका लागि आयोगमा निवेदन दिइएको छ।
सत्तारुढ दल जसपाका प्रतिनिधिसभामा १२ सांसद छन्। विभाजनपछि जसपा अध्यक्ष यादवका पक्षमा पाँच सांसद मात्र बाँकी छन्। सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहेका जसपा अध्यक्ष यादव अहिले अमेरिका भ्रमणमा छन्।
यादव गत शनिबार अमेरिका गएका थिए। अप्रिल ३० देखि मे ३ सम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधिका रूपमा सहभागी हुन पुगेका यादव सोमबार नेपाल फर्किने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
