काेरियन भाषा परीक्षाका लागि खुल्याे आवेदन

रोजगार अनुमति प्रणाली (इपीइस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।

फाइल तस्वीर

काठमाडाैँ– रोजगार अनुमति प्रणाली (इपीइस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ।

इपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको हो। पहिलो चरणको भाषा परीक्षा कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ। दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ।

यस्तै सीप परीक्षण फागुन ३ देखि ५ र चैत १ देखि ३ गतेसम्म हुने सूचनामा उल्लेख छ। दक्षिण कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको इपिएस कोरिया शाखाले जनाएको छ।