लामो समयको सुक्खा खडेरी, जंगलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरूको लापरबाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ।
नेपालगन्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ।
जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगन्ज सब डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सब डिभिजजनका चार, कोहलपुर सब डिभिजनका २२ र शम्शेरगन्ज सब डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ। बाँकेमा १०० को हाराहारीमा सामुदायिक वन छन्।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा ७०० लिटर ट्यांकी भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिए। उनले डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको बताए।
डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ। लामो समयको सुक्खा खडेरी, जंगलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरूको लापरबाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ।
राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी दुई सय ५० देखि दुई सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा १.२० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताए।
डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन्। शम्शेरगन्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो। आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगञ्ज तथा नरैनापुरको बारुणयन्त्रको समेत सहयोग लिइएको थियो। शम्शेरगञ्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन चौबिसै घण्टा तैनाथ राखिएको छ।
शम्शेरगञ्ज सब डिभिजन कार्यालयका वन अधिकृत सुशील सुवेदीले फाट्टफुट्ट घटनाबाहेक बाँकेमा डढेलो नियन्त्रणमा आएको उल्लेख गरे।
१०५ आगलागीका घटना
बाँकेका विभिन्न स्थानीय तहमा आगलागीका १०५ घटना भएका छन्। विसं २०८० साउनदेखि वैशाखसम्म भएका उक्त घटनामा एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जोरासिंह माझीले जानकारी दिए।
ती आगलागीका घटनामा १०४ पशु चौपाया मरेका छन्। आगलागीका घटनाबाट एक करोड ७७ लाख ५९ हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्लाको नरैनापुर, राप्तीसोनारी, जानकी गाउँपालिका र नेपालगन्जमा आगलागीका घटना भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
