हमास युद्धको बारेमा गर्दै आएको रिपोर्टिङप्रति असन्तुष्टि जनाउँदै इजरायल सरकारले अल जजिराको प्रसारणमा प्रतिबन्ध लगाएको हो।
इजरायल सरकारले कतारको समाचार संस्था अल जजिरामाथि इजरायलमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ। मन्त्रीपरिषद्को बैठकले तत्काल लागू हुने गरी आइतबार यस्तो निर्णय गरेको हो। हमास युद्धको बारेमा गर्दै आएको रिपोर्टिङप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सन्जालमा एक पोस्टमा भनेका छन्, "मेरो नेतृत्वमा रहेको सरकारले इजरायलमा उत्तेजक च्यानल अल जजिरालाई बन्द गर्न सर्वसम्मतिले निर्णय गरेको छ।"
इजरायली मिडिया टाइम्स अफ इजरायलका अनुसार अल जजिरामाथि युद्ध भड्काउने र विश्वभर इजरायलको छवि बिगारेको आरोप लगाइएको छ। साथै यसलाई ‘हमासलाई उक्साउने अंग’ भन्ने गरेको पनि उल्लेख छ।
अल जजिराले जनाएअनुसार इजरायलका सञ्चारमन्त्री स्लोमो काह्रीले क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटप जस्ता प्रसारण उपकरणहरू साथै ताररहित प्रसारण जफत गर्ने आदेश दिएका थिए। पत्रकारका फोनसमेत जफत गर्न निर्देशन दिइएको थियो। त्यसको लगत्तै प्रहरीले जेरुसेलममा रहेको अल जजिराको कार्यालयमा छापा मार्यो। स्याटेलाइट र केबल प्रदायकहरूले अल जजिराको लाइन काटिदिए।
मन्त्रिपरिषद्को आरोपलाई आधारहीन भन्दै अल जजिराले हमाससँग आफ्नो कुनै सम्बन्ध नभएको विज्ञप्तिमार्फत प्रष्ट पारेको छ। च्यानलले यसअघि पनि यस्ता आरोपको जवाफ दिएको थियो। अल जजिराले इजरायलको निर्णयले युद्ध रोक्न कतारको प्रयासलाई असर पार्न सक्ने पनि बताएको छ। थप रूपमा, कतारसँग इजरायलको सम्बन्ध बिग्रने खतरा हुन सक्ने अल जजिराको भनाइ छ।
नेतान्याहुले पछिल्लो एक महिनादेखि अल जजिरामाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेका थिए। तर, यसका लागि इजरायली संसदको अनुमोदन आवश्यक थियो। नेतान्याहुले पहिलो पटक संसदका वरिष्ठ मन्त्रीहरूको सहयोगमा देशको सुरक्षालाई खतरामा पार्ने विदेशी समाचार सञ्जालहरू बन्द गर्न सकिने विधेयक पारित गराए। त्यसपछि मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो।
यद्यपि नेतन्याहुले जुलाई ३१ सम्म मात्र च्यानलमाथि प्रतिबन्ध लगाउन सक्नेछन्। प्रतिबन्धलाई थप लम्ब्याउन फेरि संसदको स्वीकृति चाहिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
