आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक दल दर्ता गर्ने निर्णय गरेको हो।
काठमाडौँ– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भई बनेको जनता समाजवादी पार्टी (जसपा)लाई नयाँ दलका रूपमा मान्यता दिने निर्णय गरेको छ। सोमबार निर्वाचन आयोगले अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) नयाँ दलका रूपमा दर्ता गर्ने निर्णय गरेको हो।
आइतबार राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले जसपा नेपालबाट अलग भएको जनाउँदै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। पार्टीको नाम जसपा र चुनाव चिह्न मुठ्ठी राख्ने गरी उनीहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए। अध्यक्ष उपेन्द्र यादवले देशमा अस्थिरता निम्त्याउन खोजेका उनीहरूको आरोप थियो।
आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानूनबमोजिमका प्रावधान पालना गर्ने शर्तमा दल दर्ता गर्ने आयोगले निर्णय गरेको बताए। उनका अनुसार आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी(जनता समाजवादी) नामक दल दर्ता गर्ने निर्णय गरेको हो।
नयाँ पार्टीमा राई अध्यक्ष र अशोक श्रेष्ठ संघीय परिषद् अध्यक्ष, नेता मोहम्मद इस्तियाक राई महासचिव रहने प्रस्ताव छ। वीरेन्द्र महतो, प्रदीप यादव, नवलकिशोर साह सुडी (संघीय सरकारका वनमन्त्री), सुशीला श्रेष्ठ, हसिना खातुन र रञ्जु ठाकुर पनि नयाँ पार्टीमा सामेल छन्। हाल प्रतिनिधिसभामा जसपा नेपालका १२ सांसद रहेकोमा सात जना अल्गिएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
