इजरायली सेनाले रफाहमा सैन्य कारबाही गर्ने तयारी थालेको छ। इजरायलले कारबाही शुरू गरेपछि गाजाका विभिन्न भागबाट शरण लिन पुगेका १४ लाख मानिसहरू रफाहमा रहेको बताइएको छ।
काठमाडौँ– इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले इजिप्ससँग सीमा जोडिएको गाजाको रफाहमा सैन्य कारबाही गर्ने तयारी थालेको छ। आक्रमण गर्नुअघि इजरायलले प्यालेस्टिनीलाई रफाह छोड्न उर्दी जारी गरेको छ।
इजरायली सेनाका प्रवक्ताले रफाहबाट एक लाख मानिसलाई बाहिर निकालिसकेको बताएका छन्। एसोसिएट प्रेसका अनुसार इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा प्यालेस्टिनीहरूलाई रफाहबाट अर्को क्षेत्र मुवासीमा जान भनिएको छ।
मुवासी इजरायलद्वारा घोषित सुरक्षित क्षेत्र हो। आईडीएफले मुवासीमा फिल्ड अस्पताल, टेन्ट, खानापानीलगायतका सहयोगमा वृद्धि गरेको जनाएको छ। इजरायलले अबेर राति रफाहमा बम आक्रमण गर्दा २२ जनाको मृत्यु भएको थियो, जसमा ८ बालबालिका पनि परेका थिए।
इजरायल र हमासबीच युद्धविरामका लागि सहमति गर्ने प्रयास भइरहेका बेला आईडीएफले रफाहलाई खाली गर्ने घोषणा गरेको हो। तर दुई देशबीच युद्धविरामबारेको वार्तामा सहमति जुट्न सकेको छैन। सम्झौतापछि पनि इजरायलले रफाहमा सैन्य कारबाही जारी राख्ने स्पष्ट पारेको छ। इजरायलले आफ्नो उद्देश्य विद्रोही लडाकु समूह हमासलाई समाप्त पार्ने बताउँदै आएको छ।
समाचारमा जनाइएअनुसार रफाह इजिप्टको सीमा नजिक छ। यस्तो अवस्थामा इजरायलले रफाहमा गरेको हमलापछि इजिप्टमा शरणार्थी संकट आउन सक्ने बताइएको छ। हाल १४ लाख प्यालेस्टिनी नागरिकले रफाहमा आश्रय लिइरहेका छन्। इजरायली सेनाले रफाहमा रहेका मानिसहरूलाई जतिसक्दो चाँडो रफाह छोड्न भनिएका सन्देश लेखिएको पोस्टर टाँसेका छन्।
रफाहमा इजरायलको सैन्य कारबाहीको बीचमा अमेरिकी गुप्तचर एजेन्सी सीआईए निर्देशक विलियम बर्न्सले सोमबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्ने छन्। उनले निष्कर्षमा पुग्न नसकेको युद्धविराम वार्तालाई पुनः शुरू गर्ने प्रयास गर्ने बताइएको छ।
अमेरिका, कतार र इजिप्टले लामो समयदेखि इजरायल र हमासबीच युद्धविराम गराउने प्रयास गरे पनि दुवै पक्षले सहमति जुटाउन सकेका छैनन्। इजरायल–हमासले एकअर्काका मागलाई स्वीकार नगरेको आरोप लगाउँदै आएका छन्।
हाल रफाहमा १४ लाख मानिस रहेको, यीमध्ये अधिकांश इजरायलले कारबाही शुरू गरेपछि गाजाका विभिन्न भागबाट भागेर त्यहाँ शरण लिन पुगेको बताइएको छ। हालै इजिप्ट र अमेरिकाका केही कूटनीतिज्ञ इजरायल पुगेर रफाहमा सैन्य कारबाही शुरू गरेमा युरोप र इजरायलबीचको सुरक्षा सन्धि रद्द गर्ने चेतावनी दिइएको समाचारमा जनाइएको छ।
अमेरिकालगायत धेरै देशले इजरायलको रफाहमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छैनन्। तर, केही दिनअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा पूर्व निर्धारित आक्रमणलाई रोक्न नसक्ने बताएका थिए। आफू पछि हटे इजरायल गाजा युद्धमा हार्ने उनको जिकिर थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
