सर्वोच्च अदालतले सिधाकुरा डटकमबाट प्रसारित अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रत्यर्थीले नाम लिएका व्यक्तिसँग लिखत जवाफ माग गरेको छ।
काठमाडौँ– सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रत्यर्थीले नाम लिएका व्यक्तिसँग लिखत जवाफ माग गरेको छ। सोमबार न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको संयुक्त इजलासले उक्त सञ्चारमाध्यममा प्रसारित अडियोमा उल्लेख भएका र प्रत्यर्थीले अदालतसमक्ष बयान दिँदा नाम लिएका व्यक्तिसँग सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
“विवादित श्रव्यदृश्य सामग्रीमा उल्लेख भएका तथा प्रत्यर्थीहरूले यस अदालतसमक्ष बयान गर्दा नाम उल्लेख गरेका व्यक्तिहरूलाई प्रतिवेदन र बयानका प्रतिलिपिहरू पठाइ सो सम्बन्धमा के कसो भएको हो? निजहरूबाट सात दिनभित्र प्राप्त हुने गरी लिखित भनाइ पेश गर्न लगानू,” आदेशमा भनिएको छ।
आदेशमा उल्लेख भएअनुसार अन्नपूर्ण पोस्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोस्टका पत्रकार सुरेन्द्र काफ्ले, तत्कालीन एसपी सञ्जय थापासँग सात दिनभित्र लिखित जवाफ मागिएको छ।
त्यस्तै, इजलासले प्रत्यर्थी राजकुमार तिमिल्सिनाले अडियो रेकर्ड गरेको ‘ओर्जिनल डिभाइस’ र उनले सुरेन्द्र काफ्लेलाई पठाएको भनिएको इमेल पनि सात दिनभित्र पेश गर्न आदेश दिएको छ। अदालतले यो मुद्दाको फेसी आगामी जेठ ४ गतेलाई तोक्दै अग्राधिकार दिई पेश गर्न भनेको छ।
अदालतले अनलाइनका कार्यकारी सम्पादक र प्रकाशकसँगै अडियो उपलब्ध गराउने तिमिल्सिनासँग बयान कार्य सम्पन्न भएको जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’सँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहितका व्यक्तिहरूको बैठक बसेको जनाउँदै सिधाकुराले केही दिनअघि समाचार र अडियो सामग्री प्रकाशन गरेको थियो।
सो सञ्चारमाध्यमले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
