ब्रदर्स बेकरीले दशैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई नि:शुल्क केक वितरण गर्दै आएको छ। यहाँको बेकरी धरानमा मात्र नभएर धरान बाहिर पनि लोकप्रिय बनेको छ।
धरान– ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन गरेर गलत साबित गरेका छन्।
एनसी राई र वीरेन्द्र थापाले १० लाख रुपैयाँ लगानीमा धरान–१२ को अमान बजारमा खोलेको ‘ब्रदर्स बेकरी’ उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा स्थापित भएको छ।
धरान उपमहानगरपालिका–९ गौतम पथ र धरान–१७ रेल्वे लाइनमा दुई वटा शाखासमेत स्थापना गरेका छन्। केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरीको व्यापार गर्दै आएका छन्। उद्योगमा आठजनालाई रोजगारीसमेत दिएका छन्। कामदारलाई मासिक आठदेखि ३० हजार रुपैयाँसम्म तलब दिएर राखेको वीरेन्द्रले बताए।
उद्यमी एनसीले आफ्नो पुर्ख्यौली घर भोजपुरको हसनपुरबाट रोजगारीको सिलसिलामा विदेशमा लामो समय बिताएर स्वदेश फर्किएपछि व्यवसाय शुरू गरेका हुन्। उनी व्यवसायसँगै सामाजिक संघसंस्थामा पनि आबद्ध छन्। हसनपुर– सुनसरी सम्पर्क मञ्च नेपालको सल्लाहकार, लायन्स क्लब धरानका क्यापेवल ट्रेजर, आशिष बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य, लड्स होम नेपालको बोर्ड समिति सदस्यसमेत छन्। भक्तपुरका वीरेन्द्र थापाले धरानमा विगत २१ वर्षदेखि बेकरी सेफका रूपमा काम गरेका छन्।
एक समय पाउरोटी र बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपर्थ्यो तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेको राईले बताए। धरानमा शाखा सञ्चालनमा आएपछि उद्योगको प्रारम्भमा केक काट्ने र उत्सव मनाउने माहोल नै बनेको व्यापारी एनसी राईले सुनाए। अहिले धरानमा मात्र नभएर धरान बाहिरका बेकरी ग्राहकका लागि पनि लोकप्रिय बनेको छ– ब्रदर्स बेकरी।
ब्रदर्स बेकरीले दशैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई नि:शुल्क केक वितरण गर्दै आएको छ। उनीहरूले यससम्बन्धी तालिमसमेत सञ्चालन गर्छन्। तालिम लिएर गएका भोजपुर, चक्रघट्टी, इटहरीलगायत धेरै स्थानका युवाले आफैँ बेकरी सञ्चालन गरिरहेको वीरेन्द्रले बताए।
लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि एनसीको बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भयो। उनीहरूले संयुक्त रूपमा व्यवसाय गर्ने सल्लाह गरे। त्यसपछि काम शुरू गरे। अहिले आफ्नै ठाउँमा युवालाई रोजगारीको अवसर प्रदान गर्न पाएकामा खुशी छन्।
धरानमा दुईवटा शाखा र १७ वटा एसोसिएट डिलरसमेत सञ्चालनमा छन्। सबै खर्च कटाएर मासिक दुईदेखि दुई लाख ५० हजार रुपैयाँसम्म बचत हुने गरेको एनसीले बताए।
ब्रदर्स बेकरी अहिले सीप सिक्न चाहनेका लागि उपयुक्त थलो पनि बनेको छ। उनी भन्छन्, “मिहिनेत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन। विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा प्रतिफल प्राप्त हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
