जंगलमा लागेको डढेलो गाउँमा फैलिँदा घर जलेर विस्थापित भएका सात परिवारलाई १५२ शिक्षकसहित १६७ जनाबाट चन्दा संकलन गरेर एक लाख ७६ हजार प्रदान गरिएको छ।
खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६ हजार रुपैयाँ प्रदान गरिएको छ।
गत वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलिँदा घर जलेर विस्थापित भएका सात परिवारलाई १५२ शिक्षकसहित १६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो।
पीडितलाई क्षतिको मूल्यांकन अनुसार १२ देखि ४५ हजार रुपैयाँसम्म प्रदान गरिएको सहयोग संकलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए।
आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएकालाई ४५ हजार उपलब्ध गराइएको छ। आगलागीबाट एक करोड ३३ लाख बराबर रुपैयाँको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ।
जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
