तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ। छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

तेजाबी सुन एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एक लाख ३४ हजार ९५० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ। 

चाँदी तोलाको एक हजार ६७५ रुपैयाँ कायम भएको छ। सोमबार एक हजार ६६० रुपैयाँ थियो।