संसदीय दलको बैठकले सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको र उजुरी दिएकै भरमा छानबिन समिति बनाउनु उपयुक्त नभएको ठहर गरेको हो।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ।
सहकारी हिनामिना प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग उठिरहेका बेला रास्वपाले यस्तो निर्णय गरेको हो।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको र उजुरी दिएकै भरमा छानबिन समिति बनाउनु उपयुक्त नभएको ठहर गरेको हो।
मंगलबार सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा ‘संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न दिन सक्दैनौँ’ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको रास्वपाका सहप्रक्ता मनिष झाले बताए।
झाले सत्ता गठबन्धनमा रहेका अन्य दलले छानबिन समिति बनाउने आधिकारिक निर्णय गरे आफूहरू पनि निर्णय गर्न तयार रहेको बताए।
“सत्ता पक्ष र गठबन्धनमा भएका सबै दलले सर्वदलीय निर्णय गरेर निष्कर्षमा पुग्छ भने त्यसमा हाम्रो असहमति कहाँ हुन्छ र? सबै दल एक ठाउँमा आएर छानबिन गरौँ भन्छन् भने हामीले हलो अड्काउने काम गर्दैनौँ,” उनले भने।
यस्तै, बैठकले सरकारमा पार्टी सहभागी बनेको दुई महिनामा संरचनागत जग बसाउने कार्यमा मन्त्रीहरू बढी रुमल्लिएको विषयमा पनि समीक्षा गरेको उनले बताए।
बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
