अभियानका सदस्यसँगको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि उच्चस्तरको पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूसँग मंगलबार भेटेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै अभियानले आन्दोलन स्थगित गर्ने भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि उच्चस्तरको पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रधानमन्त्री दाहालको प्रतिबद्धतासँगै अभियानका तर्फबाट अगाडि सारिएका विभिन्न १३ बुँदे माग सम्बोधन हुने देखिएकाले तत्कालका लागि धर्ना स्थगित गर्ने निर्णय गरिएको अभियानकी सदस्य कृतु भण्डारीले बताइन्।
यसअघि अभियानका तर्फबाट रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउने व्यवस्था सरकारले गर्नुपर्ने, करार सम्झौता गरेर युद्धमैदानमा रहेका नेपालीको समेत सम्झौता रद्द गरी तत्काल उनीहरूको उद्धार गर्नुपर्ने, युद्धमा घाइते नेपालीको उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, युक्रेनको कब्जामा रहेका पाँच जना युद्धबन्दीको उद्धार गर्नुपर्ने, मृतकको शव ल्याउने र क्षतिपूर्तिसहित रुसी सेनाबाट प्राप्त गर्ने सबै खाले सेवा सुविधाको सरकारले ग्यारेन्टी गर्नुपर्ने माग राखिएको थियो।
यस्तै, बेपत्ता नेपालीको खोजी गर्नुपर्ने, नेपालीलाई प्रलोभनमा पारी रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने, पीडित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रीस्तरीय समन्वय समिति गठन गर्नुपर्ने, रुसी सेनामा गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर्नुपर्ने जस्ता १३ बुँदे माग राखेर महिनौँ अगाडिबाट अभियान चलाइएको थियो।
मंगलबार प्रधानमन्त्री दाहाल भेटका क्रममा उच्च नेतृत्व तहबाट उल्लेखित समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। “तपाईंहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ। सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
