कांग्रेसले सर्वदलीय बैठकमा सरकारीको बचत अपचलनमा संलग्नताबारे रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याएको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा संलग्नताबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग कायमै राखेको छ। मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक लामिछाने देश र संविधानभन्दा माथि नभएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग दोहोर्याएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्याएको बताए। सरकार आगामी बजेट अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा लाखौँ बचतकर्ताको अर्बौं रकम अपचलन गरेको विषयमा गृहमन्त्री संलग्नताबारे छानबिन गर्न समिति बन्नेमा विश्वस्त रहेको उनको भनाइ थियो।
“आजको बैठकमा पनि हामीले संसदीय छानबिन समिति बनाउने माग दोहोर्याएका छौँ। आउँदो बर्खे अधिवेशनमा सरकार सदनमा प्रस्तुत हुँदा संसदीय समिति बनाउन तयार भएर आउनेमा विश्वास छ,” उनले भने, “गृह मन्त्रीजीलाई शंकाको सुविधा दिएका छौँ। राजीनामा मागेका छैनौँ। प्रश्न उठेपछि छानबिन हुनुपर्छ। सरकारले संसदीय छानबिन समिति बनाउँछ भन्नेमा विश्वास छ।”
कोही मानिस संविधान, देशको कानूनभन्दा माथि छ? भन्दै उनले प्रश्नसमेत गरेका छन्।
यसअघि हिउँदै अधिवेशनमा कांग्रेसले सहकारीको रकम अपचलनमा नाम जोडिएको भन्दै गृहमन्त्री लामिछानेमाथि पनि छानबिन हुनेपर्ने र त्यसका लागि संसदीय समिति बन्नुपर्ने माग राख्दै सदनमा विरोध जनाएको थियो। संघीय सांसदको बजेट अधिवेशन वैशाख २८ गतेबाट शुरू हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
