विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

गण्डकी प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको हो। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त विवादको सुनुवाइ यही वैशाख २७ गते हुने तय भएको छ।

विश्वासको मत लिँदा प्रदेशसभाको बहुमतको गणना अवैधानिक रूपमा गरेर विश्वासको मत पाएको रिट निवेदनमा छ। उक्त प्रदेशसभामा ६० सदस्य रहेकोमा  ३० मत मुख्यमन्त्री अधिकारीले पाएका पाएका थिए। बहुमत पुग्नका लागि ३१ मत हुनुपर्ने रिट निवेदनमा दाबी गरिएको छ।