विशेष अदालतले नेसनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई नौ वर्ष कैद र २३ करोड २७ लाख रुपैयाँ जरिबाना हुने गरी सजाय निर्धारण गरेको छ।
काठमाडौँ– विशेष अदालतले सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) प्रकरणमा दोषी ठहर नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलको सजाय तथा जरिबाना निर्धारण गरेको छ। विशेष अदालतले पौडेललाई नौ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ जरिबाना हुने गरी सजाय निर्धारण गरेको हो।
अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उक्त प्रकरणमा पौडेललाई दोषी ठहर गरेको थियो। अदालतले यही वैशाख ७ मा पौडेललाई दोषी ठहर गरेको थियो। अदालतले मंगलबार सजाय निर्धारण गरेको हो। सोही प्रकरणमा सचिव मधुकुमार मरासनीसहित आठ जनाले भने सफाइ पाएका थिए। अदालतले दोषी ठहर गरेलगत्तै पौडेललाई डिल्लीबजार कारागार चलान गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर २५ करोड रुपैयाँमा खरिद गरी सरकारको सम्पत्ति गैरकानूनी तबरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उल्लेख गर्दै २०८० असोज १५ मुद्दा दायर गरेको थियो।
अदालतबाट सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हालका सचिव मरासिनी रहेका छन्।
यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायक रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
