मानवीय युद्धविराम, बन्धकहरूको रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढवा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्र संघले जनाएको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रफाहमा इजरायली आक्रमणको निन्दा गरेका छन्। उनले उक्त आक्रमणलाई ‘रणनीतिक गल्ती’ भनेका छन्।
रफाहमाथि आक्रमण एक रणनीतिक भूल, राजनीतिक विपत्ति र अमानवीय कार्य हुने उल्लेख गरेका छन्। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायल–हमास युद्ध रोक्नसमेत अपिल गरे।
इजरायलमाथि प्रभाव राख्ने सबै मुलुक, व्यक्ति र संस्थालाई गाजामा जारी त्रासदी रोक्नेतर्फ पहल गर्न पनि उनले आग्रह गरे। महासचिव गुटेरेसले अहिले युद्धरत पक्षलाई सम्झौतामा ल्याई युद्ध अन्त्य गर्ने उपयुक्त समय भएको पनि उल्लेख गरेका छन्।
मानवीय युद्धविराम, बन्धकहरूको रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढवा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्र संघले जनाएको छ।
प्यालेस्टिनी सिभिल डिफेन्सको रिपोर्ट अनुसार मंगलबार रफाहमा इजरायलले गरेको हवाई आक्रमणका कारण धेरै हताहत र घाइते भएका छन्।
प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी डब्लूएएफएले रफाहमा गरिएका दुईवटा आक्रमणमा आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
