काठमाडौँमा चार दिनदेखि जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट २०२२) मा सोमबार प्यानल डिस्कसन र दुई नाटक मञ्चन हुँदैछन्।
काठमाडौँ– काठमाडौँमा चार दिनदेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट २०२२) जारी छ। महोत्सवमा सोमबार प्यानल डिस्कसन र दुई नाटक मञ्चन हुँदैछन्।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ नारासहित भइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रङ्गमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिस्कसन हुँदैछ।
साँझ ७ः३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरू पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन्। सोमबारै नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ मञ्चन हुँदैछ।
साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ। ‘खुवालुङ’ले किराँती सभ्यताबारे सदियौँदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथा बताउँछ। त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ।
जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन्। २ बजेदेखि विशेष कार्यशाला हुँदैछ। ‘अपाङ्गता भएका दर्शकका लागि रङ्गमञ्च कसरी पहुँचयोग्य बनाउने’ विषयक कार्यशाला हुन लागेको हो।
रङ्गमञ्चलाई अझै समावेशी बनाउनका लागि यस कार्यशाला विशेष रहनेछ। ‘कार्डबोर्ड र रङ्गमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
