सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक–२०८० लाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेसँगै यसको लागि प्रक्रिया अघि बढेको हो।
काठमाडौँ– चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने प्रक्रिया अघि सरेको छ। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक–२०८० लाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेसँगै यसको लागि प्रक्रिया अघि बढेको हो।
दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो। बैठकमा अर्थमन्त्री वर्षमान पुन पनि सहभागी थिए। ऐन कार्यान्यवनमा आएसँगै घरजग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइनेछ। अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमतिप्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ।
पहिलोपटक वि.स. २०६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो। तर, ऐनको प्रभावकारी कार्यान्वयन नभएपछि सरकारले गत चैत ४ गते अर्थ मन्त्रालयमार्फत राष्ट्रियसभामा ऐनको पहिलो संशोधन विधेयकसम्बन्धी प्रस्ताव दर्ता गराएको थियो।
विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ। समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिने जानकारी दिइन्। "सरलीकृत रूपमा कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सहज होस् भन्ने उद्देश्यका साथ विधेयक आएको हो," उनले बताइन्।
यस विधेयकलाई राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधिसभामा पठाइन्छ। प्रतिनिधिसभाले प्रक्रिया पूरा गरेर पुनः राष्ट्रियसभामा पठाएपछि विधेयक पारित हुन्छ। विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा लागू हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
