समानुपातिकतर्फ एमालेले कटायो २५ लाख मत, एकीकृत समाजवादीको साढे दुई लाख

बिहान १०ः४५ सम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएको छ।

फाइल तस्वीर

काठमाडौँ– मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। बिहान १०ः४५ सम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएको छ।

दोस्रो स्थानमा रहेको कांग्रेसले २३ लाख ९९ हजार ८३१ मत पाएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। एसले १० लाख ६३ हजार ७१८ मत प्राप्त गरेको छ। माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत ल्याएको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार ६५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार ३७२ मत पाएका छन्।