कोशीमा २ दिनभित्र नयाँ सरकार गठनको आव्हान

बुधबार नै एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वानको माग राखेर निवेदन दिएका थिए।

काठमाडौँ– कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ।

बुधबार राति प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २८ गते अपराह्न ५ बजेभित्र सरकारमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको हो।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएका थिए। मुख्यमन्त्री कार्कीले मंगलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो। 

बुधबार नै एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वानको माग राखेर निवेदन दिएका थिए।

२०८० असोज २७ मा मुख्यमन्त्री कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो।