कार्कीले एमाले र माओवादी केन्द्रका ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेस गरेका हुन्।
विराटनगर– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन्।
उनले बिहीबार ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेस गरेका हुन्।
नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभामा बहुमत सदस्यको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको कार्कीले जानकारी दिए।
कार्की झापा– ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
