अन्तरिक्षमा उपग्रह पठाउन लाग्ने इन्धनको खर्चलाई हाइड्रोजनको भन्दा मैनले लगभग आधा कम गर्ने बताइएको छ।
जर्मनीको एक कम्पनीले पहिलो पटक मैनबत्ती (मैन)को उर्जा प्रयोग गरेर अन्तरिक्षमा रकेट पठाउने परीक्षण गरेको छ। यो परीक्षणसँगै यी रकेटले कम लागतमा साना व्यावसायिक उपग्रहहरूलाई अन्तरिक्षमा लैजान सक्नेछन्।
जर्मन स्टार्टअप कम्पनी हाइइम्पल्सले ‘एसआर–७५’ नाम दिइएको १२ मिटर लामो र २.५ टन तौलको उक्त रकेट गत शुक्रबार दक्षिणी अस्ट्रेलियाको कुनिब्बामा प्रक्षेपण स्थलबाट परीक्षण उडानमा पठाएको थियो। यसले पृथ्वीबाट २५० किलोमिटरको उचाइमा २५० किलोसम्मको तौल बोक्न सक्छ।
समुद्री सतहबाट १०० किलोमिटरको उचाइपछि अन्तरिक्षको सीमा शुरू हुन्छ।
यस कम्पनीले आगामी वर्षको अन्त्यसम्म ठूलो रकेट प्रक्षेपण गर्ने लक्ष्य राखेको छ। जसले ६०० किलो सम्म तौलका उपग्रहलाई अन्तरिक्षमा लैजान सक्नेछ। समाचार एजेन्सी रोयटर्सका अनुसार जर्मनीका आर्थिक मामिला मन्त्री रोबर्ट ह्याबेकले भखैरै यसको कार्यालयको भ्रमण गरेका छन्।
यस रकेटमा उर्जाका लागि प्याराफिन अर्थात् मैनबत्ती मोम र तरल अक्सिजन प्रयोग गरिएको छ। रकेटमा सामान्यतया तरल हाइड्रोजन र तरल अक्सिजन प्रयोग गरिन्छ। जुन रकेटमा प्रयोगका लागि माइनस ४३२ डिग्री सेल्सियसमा चिसो गरिन्छ।
हाइड्रोजनको सट्टा मैन प्रयोग गरेर खर्च घटाउने प्रयास भइरहेको छ। मैनले अन्तरिक्षमा उपग्रह पठाउने लागत लगभग आधा गर्ने अनुसन्धानले देखाएको छ। हाल सबैभन्दा सस्तो रकेट सेवा भारतको इसरो र एलन मस्कको कम्पनी स्पेसएक्सले उपलब्ध गराउँदै आएको छ।
हाइइम्पल्स स्टार्टअपका धेरैजसो परियोजनाहरू निजी पैसाबाट शुरू भएका छन्। यद्दपि यसले केही सार्वजनिक संस्थाहरूबाट पनि पैसा प्राप्त गरेको छ। यसले अन्तरिक्षमा उपग्रह पठाउन करिब १० करोड युरोको सहयोग रकम प्राप्त गरिसकेको छ।
विगतका दशकहरूमा उपग्रहबाट अन्तिरिक्षमा उपग्रह पठाउने क्रम द्रूत रूपमा बढेको देखिन्छ। यस ‘बजार’मा अमेरिका, रुस, युरोप, भारत, चीनलगायत धेरै देश छन्। सन् २००० देखि २०१० सम्म प्रत्येक वर्ष ७० देखि ११० उपग्रहहरू अन्तिरिक्षमा पठाइएको थियो। सन् २०११ देखि २०१९ सम्म यो संख्या १२९ बाट ५८६ मा पुग्यो। सन् २०२० देखि हरेक वर्ष एक हजारभन्दा बढी उपग्रह अन्तरिक्षमा पठाइँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
