कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्।
विराटनगर– कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्। कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बूको पनि उपस्थिति थियो।
नवनियुक्त मुख्यमन्त्री कार्कीले बिहीबार नै शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्की झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
