बिहीबार ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ को विन्दुमा पुगेको छ।
काठमाडौँ– होटल तथा पर्यटन उपसमूहको शेयर मूल्य बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार धितो बजार मापक परिसूचक सूचक सामान्य अंकले बढेको छ। बिहीबार ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेको छ।
होटल तथा पर्यटन उपसमूह ६.९६ प्रतिशतले बढ्दा परिसूचकमा सकारात्मक प्रभाव परेको हो। विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य उपसमूह बढेका छन्। घट्नेमा जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह छन्।
बिहीबार ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीकै घटेको छ। १४ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको शेयर बजारमा मंगलबार सामान्य सुधार भएको थियो। बुधबार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द हुँदा कारोबार रकम दुई अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो। मंगलबार दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा नेपाल फाइनान्स छ। उक्त फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। दोस्रोमा सोल्टी होटलको १४ करोड ४७ लाख, फर्स्ट माइक्रो फाइनान्सको ९ करोड ६६ लाख, पोखरा फाइनान्सको ९ करोड ५९ लाख र हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाखको सेयर कारोबार भएको छ ।
शेयर मूल्य बढ्ने कम्पनीमा होटल समूहको वर्चस्व छ। ओरिएन्टल होटल, सिटी, सोल्टी र तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्य बढेको छ।
बिहीबार पनि कुमारी सबल योजना शेयर मूल्य सर्वाधिक घटेको छ। सबैको लघुवित्त, वीन नेपाल लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्तलगायतको शेयर मूल्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
