सीआईबीले बाल संगठनका पूर्वपदाधिकारी र बृहस्पति विद्या सदनका सञ्चालकहरूमाथि समेत ठगी मुद्दामा अनुसन्धान अघि बढाएर पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ।
काठमाडौँ– नेपाल बाल संगठनको काठमाडौँ, नक्सालस्थित बालमन्दिर परिसरको जग्गा हिनामिना प्रकरणमा प्रहरीले ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ। यसक्रममा प्रहरीले २० जनालाई पक्राउ गर्न बिहीबार नै अदालतबाट अनुमति लिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाल संगठनका पूर्वपदाधिकारी र बृहस्पति विद्या सदनका सञ्चालकहरू समेतलाई पक्राउ गर्न बिहीबार काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको हो। सीआईबीका एक अधिकारीले ठगी मुद्दामा अनुसन्धान अघि बढाएर पक्राउ गर्न अदालतबाट अनुमति लिइएको बताए।
सीआईबीले बाल संगठनको २८ रोपनी ५ आना १ पैसा जग्गा २०४९, २०५३, २०५८, २०५९ र २०७२ सालमा न्यून भाडादरमा लामो समय (७९ वर्ष)लाई सम्झौता गरी लिजमा दिएको निष्कर्षसहित बाल संगठनका पूर्वपदाधिकारीलाई ठगी मुद्दा चलाउनुपर्ने निचोड निकालेको हो। त्यस्तै सो जग्गा हत्याउन लागिपरेका बृहस्पति विद्या सदनका सञ्चालकहरूविरुद्ध पनि सीआईबीले ठगी मुद्दामै अनुसन्धान अघि बढाएको छ।
बृहस्पति विद्या सदन व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको निजी विद्यालय हो। बाल संगठनबाट लिजमा हात पारेको जग्गामध्ये ९ रोपनी जग्गा बृहस्पतिले राय स्कुललाई सबलिजमा दिएको छ। राय स्कुलमा पनि बृहस्पति स्कुलकै व्यवस्थापन छ अर्थात् अधिकांश हिस्सा विशाल ग्रुपले नै ओगटेको छ।
त्यसबेला (२०५९ भदौ ११ गते) गरेको लिज सम्झौताको समयावधि २०८९ सालसम्म कायम रहेकोमा १७ वर्ष समय बाँकी छँदै बाल संगठनको तत्कालीन नेतृत्वले २०७२ साउन ३ गते २१३२ सालसम्मका बृहस्पतिलाई लिजमा दिने निर्णय–सम्झौता गरेको थियो। संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य र बृहस्पतिका सञ्चालक पुरूषोत्तमराज जोशीसमेतले मिलेमतो गरी यस्तो सम्झौता गरेको सीआईबीको निष्कर्ष छ।
गत वैशाख १४ गते बाल संगठनले बृहस्पतिसँगको सम्झौता गैरकानूनी भएको निष्कर्षसहित सम्झौता भंग गरेको र त्यसमा संलग्नहरूलाई कारबाहीको माग गर्दै सीआईबीमा जाहेरी दिएको थियो। सोही जाहेरीमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
