नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गरे मात्रै पर्यटन पुनरुत्थान हुने पर्यटन व्यवसायीहरू बताउँछन्। सरकारको विशेष योजना भने छैन।
काठमाडौँ- ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ। हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। यस वर्ष ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नारासहित यो दिवस मनाइँदैछ।
कोभिडपछिको पर्यटन पुनरूत्थानलाई प्रभावकारी बनाउन पर्यटनमन्त्री जीवनराम श्रेष्ठकोे अध्यक्षतामा मूल समारोह समितिसमेत गठन भएको छ। काठमाडौँ, पोखरा, लुम्बिनीलगायतका पर्यटकीय गन्तव्यमा विविध कार्यक्रम आयोजना गरिएको बोर्डका निर्देशक लामिछानेले बताए।
काठमाडौँमा ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा पर्यटनआबद्ध संस्थाहरूले प्रभातफेरी गरेका छन्। यस्तै, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानसहित विभिन्न पर्यटनका संस्थाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानमा आउने विदेशी पर्यटकलाई स्वागत गरेको थियो। एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले रक्तदान, फुटसल र बुङ्मतीमा सम्पदा यात्रा गरेको छ।
कोभिडपछिको पर्यटन पुनरूत्थानलाइ प्रभावकारी बनाउन सरकार र व्यवसायीबीचको साझेदारी बढाउन दिवस सहयोगी बन्ने नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले बताए। नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गरे मात्रै पर्यटन पुनरूत्थान हुने उनले बताए।
सन् २०१८ र सन् २०१९ मा भने १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल आएकाे तथ्यांक छ। तर कोभिड महामारीका कारण पछिल्ला दुई वर्षमा थोरै पर्यटक आए। पछिल्लो समय भने संख्या केही बढेको छ। सन् २०२१ मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांक छ। सन् २०२२ को आठ महिनामा तीन लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। यसले पर्यटन क्षेत्रलाई आशावादी बनाएको छ।
पर्यटनलाई चलायमान बनाउन सरकारले २०२३ देखि २०३३ सालसम्मको दशकलाई नेपाल भ्रमण दशक घोषणासमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
