उमेरले एक शताब्दी पार गर्न लाग्दा पनि टेलिभिजन प्रस्तोताकै कर्ममा रमाइरहेका डेभिड अझै पनि अवकाश लिने सोचमा छैनन्।
विश्वमै सबैभन्दा लामो समयसम्म टेलिभिजन प्रस्तोताको पेसा अपनाउने व्यक्ति हुन्, इंग्ल्यान्डका सर डेभिड एटेनबरो। बीबीसी प्रसारणको ‘म्यामल’ शृंखला धेरैले रुचाएको कार्यक्रम हो। स्तनधारी प्राणीहरूको जीवनशैलीबारे उक्त कार्यक्रममा सुनिने ओजदार आवाज उनै डेभिडको हो, जो अहिले ९८ वर्षका भए।
सर डेभिडले सन् १९५३ सेप्टेम्बर २ मा ‘एनिमल डिसगाइजेस’ अर्थात् पशु भेषहरू नामक बीबीसी बाल टेलिभिजन कार्यक्रममा प्रस्तोताको रूपमा डेब्यु गरेका थिए। केही दिनपहिले उनको पछिल्लो कार्यक्रम ‘म्यामल’को अन्तिम भाग प्रशारण भएसँगै सर डेभिडले सबैभन्दा लामो टेलिभिजन प्रस्तोताको आफ्नै कीर्तिमानीलाई विस्तार गरेका छन्।
आठ दशक लामो समयसम्म टेलिभिजन कार्यक्रम सञ्चालन गरेर श्यामश्वेत (ब्ल्याक एन्ड ह्वाइट), एचडी र थ्रीडी ढाँचाका शृंखलाहरूका लागि बाफ्टा पुरस्कार जित्ने एक मात्र व्यक्ति हुन् डेभिड।
सन् २०२० मा इन्स्टाग्राम शुरू गरेका डेभिडले त्यतिबेला सबैभन्दा छिटो समयमा इन्स्टामा १ मिलियन फलोअर्सको कीर्तिमान पनि तोडेका थिए। ४ घण्टा ४४ मिनेटमा उनलाई १० लाख जनाले पक्ष्याएका थिए। ‘संसार समस्यामा छ,’ उनले आफ्नो इन्स्टा एकाउन्टमा पोस्ट गरेको पहिलो भिडियोमा भनेका थिए। जुन उनले छ हप्तापछि प्रयोग गर्न बन्द गरे।
तर दुई महिनापछि ह्यारी पोटर अभिनेता रुपर्ट ग्रिन्टले सर डेभिडको इन्स्टाग्राम रेकर्ड तोडेका थिए। र अहिले यो रेकर्ड कोरियन पप स्टार किम तेयुङ अकाको नाममा दर्ज छ।
पर्यावरण अभियन्ताका साथै, शैक्षिक कार्यक्रम प्रस्तोता र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको लागि उनलाई ३० भन्दा धेरै सम्मान र बेलायतमा ठूलो मानपदवी मानिने नाइटहुड नै दुई पटक प्रदान गरिएको छ।
गिनिज वर्ल्ड रेकर्डसँगको अन्तर्वार्तामा उनले आफ्नो जीवनको सबैभन्दा चुनौतीपूर्ण शृंखला ‘लाइफ अन अर्थ’ भएको बताएका थिए। “१३ भागसम्म चलेको उक्त शृंखलामा सम्पूर्ण जनावर र वनस्पति जगतलाई समेटेको थियो। यो बनाउन तीन वर्ष लाग्यो र एक पटक होइन, दुई पटक संसार घुम्न आवश्यक थियो।”
उमेरले एक शताब्दी पार गर्न लाग्दा पनि टेलिभिजन प्रस्तोताकै कर्ममा रमाइरहेका डेभिड अझै पनि अवकाश लिने सोचमा छैनन्। उनले यस वर्षको शुरूमा 'सेक्रेट वर्ल्ड अफ साउन्ड' प्रस्तुत गरेका थिए। यस्तै, अहिले उनी आफ्नो अर्को शृंखला 'ब्लु प्लानेट-३' को अनुसन्धान र उत्पादनमै तल्लीन छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
