इजरायली अधिकारीले रफाहमा आक्रमण गरे इजरायललाई हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन्।
दुई शीर्ष इजरायली अधिकारीले बिहीबार भिडभाडयुक्त शहर रफाहमा आक्रमण गरे इजरायललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन्।
“यो ती राष्ट्रपतिको सुन्न कठिन र अत्यन्त निराशाजनक कथन हो जसको हामी युद्धको प्रारम्भदेखि नै आभारी थियौँ,” संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले बाइडेनको चेतावनीमा इजरायलको पहिलो प्रतिक्रिया दिँदै सार्वजनिक अडिओमा भने।
अन्तर्राष्ट्रिय आपत्तिको बेवास्ता गर्दै इजरायलले रफाहको पूर्वीक्षेत्रमा ट्यांक पठाएर ‘लक्षित आक्रमण’ अगाडि बढाएको छ। रफाह हमासको बचेको बटालियनको आश्रयस्थल भए पनि इजिप्टको सीमामा रहेको यो शहर विस्थापित प्यालेस्टिनीले भरिएको छ।
“यदि उनीहरू रफाहमा प्रवेश गरे भने शहरहरूको प्रतिरक्षा गर्नका लागि प्रयोग गरिने हतियारहरूको आपूर्ति गर्ने छैन,” युद्धको प्रारम्भपछि इजरायललाई आफ्नो सबैभन्दा कडा चेतावनी दिँदै बाइडेनले सीएनएनलाई भने, “ती बमहरूका कारण गाजामा नागरिक मारिएका छन्, यो बिलकुल गलत छ।”
एर्डनले बाइडेनको टिप्पणीलाई इजरायलका दुस्मनहरू इरान, हमास र हिजबुल्लाहले ‘उनीहरूलाई सफल हुने आशा दिने कुरा’ भनी व्याख्या गरे।
“हजारौँ आतंकवादी, बन्धक र हमासका नेता रहेको रफाह जस्तो महत्त्वपूर्ण र केन्द्रीय क्षेत्रमा इजरायललाई प्रवेश गर्न प्रतिबन्ध लगाइयो भने हामीले वास्तवमै आफ्ना लक्ष्यहरू कसरी प्राप्त गर्न सक्छौँ?” उनले भने, “यो कुनै रक्षात्मक हतियार होइन, यो निश्चित आक्रामक बमहरूका बारेमा हो, अन्त्यमा इजरायलले आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक ठानेको गर्नुपर्छ।”
इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजेलेल स्मोट्रिचले अमेरिकी धम्कीका बाबजुद सरकारले गाजामा आफ्नो लक्ष्य पूरा गर्ने बताए। “राष्ट्रपति बाइडेनको धक्का र हतियार प्रतिबन्धका बाबजुद हामी यो युद्धमा पूर्ण जित हासिल गर्नेछौँ,” उनले एक विज्ञप्तिमा भने, “हाम्रा बन्धक घर नफर्केसम्म र हमास पूर्ण रूपमा समाप्त नभएसम्म हामीले युद्ध जारी राख्नुपर्छ, यसमा रफाहलाई जतिसक्दो चाँडो पूर्ण रूपमा जित्नु राम्रो हुनेछ।”
एएफपीका पत्रकारहरूले बिहीबार बिहानै रफाहमा ठूलो गोलीबारी भएको बताएका छन्। पछि इजरायली सेनाले गाजापट्टीको केन्द्रमा र उत्तरतर्फ ‘हमासका स्थान’मा पनि हमला गरिरहेको बताएको छ। मंगलबार इजरायली सेनाले इजिप्टमा प्रवेश गर्ने रफाहको सीमालाई कब्जा गरेको थियो। घेरामा परेको गाजामा सहायताका लागि मुख्य प्रवेशविन्दु हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
